फिसिङ लिंक पठाई ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड चोरी गर्ने व्यक्ति पक्राउ

ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका बताईएको छ  । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेका थिए  । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवामा अनधिकृत पहुँच पुर्‍याउँथे । यसरि उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।
उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *