सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले हिरासतमा निकै दुःख पाएको दृश्य देखायिएको एउटा भिडयो भाइरल भइरहेको छ ।
भाइरल भइरहेको उक्त भिडिओमा आएका धेरैजसो प्रतिक्रिया हेर्दा मानिसहरूले त्यसलाई विश्वास गरी वर्तमान सरकारको आलोचना गरिरहेका छन्। तर उक्त भिडिओ एआई प्रयोग गरि तयार पारिएको हो । जीवन ओली नामका टिकटक प्रयोगकर्ताले एक भिडिओ राखेका थिए । टिकटकमा ‘ @Jeevan.ai ’ युजरनेम भएका प्रयोगकर्ताले ‘“जेलभित्र रविको हालत यस्तो ? हेरेपछि तपाईंको मन काँप्न सक्छ !” क्याप्सन राखेर एउटा भिडिओ राखेका छन् ।
सो भिडिओमा लामिछानेले हिरासतमा दुःख पाएको र त्यसैको पीडाले रोएको देखाइएको छ । उक्त पोस्टमा आएका अधिकांश कमेन्ट हेर्ने हो भने टिकटक प्रयोगकर्ताले लामिछानेप्रति सहानुभूति प्रकट गर्दै सरकारको आलोचना गरेका छन् ।
