बुधवार बिहान कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ३५–४० वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखा समेत फुटेको अवस्थामा शव भेटिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिएका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीयवासीले घटनाका बारेमा प्रहरीले लापरबाही गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रहरीले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाएको छ । मृतक पुरुषको पहिचान भने नखुलेको प्रहरीको भनाई छ ।
