निरन्तर कार्यव्यस्त रहेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ।
मन्त्री गुरुङको निजी सचिवालयका अनुसार अत्यधिक व्यस्तताका कारण घर जान नसकेपछि उनी मन्त्रालयकै सोफामा विश्राम गरेका हुन्।
उक्त तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै मन्त्री गुरुङले “निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने सन्देश उल्लेख गरेका छन्।
