गृहमन्त्री गुरुङ अनुगमनका लागि विमानस्थल पुगे,सेवाग्राहीलाई सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहिबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।

सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएको बताइएको छ। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्।

विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन्। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिएका छन्।

गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *