कांग्रेसनिकट महिला संघका २० जना केन्द्रीय सदस्यहरूले दिए सामुहिक राजिनामा

नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा राजीनामा बुझाएका छन्।

अध्यक्ष उषाकुमारी राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० केन्द्रीय सदस्यहरूले राजीनामा दिएका हुन्। बुधबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट महिला संघ केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा बुझाएका हुन्। उनीहरूले सामूहिक राजीनामा पत्र सभापति, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, महिला विभाग र निर्देशन समितिलाई  जानकारी दिएका छन्।
सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९उन्ननअस्सी साउनमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *