उद्देश्य र नियत बिना नै आफु बिबादमा फसेको प्रकाश सपुतको गुनासो

गायक निर्देशक प्रकाश सपुतले २०८१ आफ्ना विरुद्ध शक्तिशाली भएर बिदा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै २०८२ त्यस्तो नहुने बताएका छन्  ।

उनले लेखेका छन्  , ‘ न त, अलटाइम बल्कबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’मा म जोडिन पाएँ ! ‘बुझिन मैले’ गीत लोकप्रिय भयो । ‘बसन्त’ बनाएर एउटा साँचिएको कथा भन्नुपर्ने थियो, भनियो । चलचित्र ‘सोल्टिनी’ र ‘हरिबहादुर’को जुत्तामा काम गरियो’, उनले अगाडि भनेका छन् ‘केही खराब संयोगहरूले मलाई बेचैन बनाए । उद्देश्य र नियत बिना नै केही अपजसहरूमा म फसे । लगातार प्रहार भइरहयो ! आशा छ, २०८२ त्यस्तो हुने छैन ।’ तर पनि म उभिएको छु किनकि जीवन बाँकी छ, यात्रा बाँकी छ, सपना र जिम्मेवारी बाँकी छ, त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुस् है । अझै राम्रो काम गर्न बाँकी छ’,।

२०८१ मा आफूलाई जहाँबाट उठेको फेरि त्यही खाडलमा जाकिएको महसुस भएको धारणा राख्दै उनले निर्देशकको रूपमा ‘बसन्त’को कमीकमजोरीहरू सच्याउँदै एउटा अर्को चलचित्र बनाएर फिल्म क्षेत्रको गुण र रिन तिर्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *