अभिनेता पल शाह अब भने निर्माता बन्ने भएका छन्।

पल शाह फिल्मस्को ब्यानरमा उनले ‘यानीमाया’ निर्माण गर्ने भएका हुन्।   फिल्म पुजार सार्की, प्रकाश  र महाभोज’को कथा लेखेका विकास सुवेदीले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। यस  फिल्मका लागि कलाकारहरु भने फाइनल भैसकेका छैनन्।

कुनै बेला पल सर्वाधिक व्यस्त कलाकारमा गनिन्थे। डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ हिट भएपछि पल फिल्ममा चम्किएका थिए। साथै म्युजिक भिडिओमा उनको धेरै माग थियो। एकपछि अर्को गर्दै उनले खेलेका म्युजिक भिडिओसहित फिल्महरू पनि चलिरहेका थिए। फिल्ममा पनि उनको माग भ्याई-नभ्याई थियो।
उनीमाथि लागेको अभियोगकै कारण कतिपय दर्शकले उनको फिल्म नै बहिष्कार गरियो। केही नायिकाले उनीसँग स्क्रिन सेयर गर्न चाहेनन् । यसकारण पनि पललाई आफ्नो अभिनय करिअरमा कम ब्याक हुन कठिन देखियो। त्यसपछि उनी आफैं फिल्म निर्माणमा देखिएका हुन्।
पलले पनि पल शाह फिल्मस्लाई दर्शकहरूले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताएका छन् । उनले फिल्म निर्माणमा पनि दर्शकहरूबाट अपार माया र साथ पाउने उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *