शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार दायाँबायाँ नहुने प्रधानमन्त्री ओलीको भनाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने नेकपा एमालेले दाबि गरेको छ  ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् । अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसभित्र व्यक्ति विशेषले गरेका टिप्पणीको खासै अर्थ नहुने भएकाले सरकार र गठबन्धन दायाँबायाँ नहुने बताएका छन्  ।
ओली भनछन् , ‘ शेरबहादुर देउवाजी सहमतिप्रति स्थिर, हुनुहुन्छ । हामी पनि सहमतिमा स्थिर, छौ त्यसैले अहिले जे हल्ला भएको छ त्यसबाट तर्सिन पर्ने छैन किनभने उहाँ  स्थिर, भएसम्म  समझदारी तलमाथि हुँदैन, हुने पनि म देख्दिनँ’,

Leave a Reply

Your email address will not be published. Required fields are marked *