आफ्नी छोरीले धेरै मोबाइल चलाएका कारण उनलाई रोक्न खोज्दा बुवा जेल परेको घटना बाहिर आएको छ।
यो घटना भारतको उत्तर प्रदेश राज्यको गाजियाबाद जिल्लाको लोनीको हो। छोरीको बयानका आधारमा ७ महिना जेलमा बसेका पुरुषलाई अदालतले निर्दोष ठहर गर्दै रिहा गरेपछि यो घटना बाहिर आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार लोनी थानामा एक किशोरीले आफ्नै बुवामाथि घरायसी दुर्व्यवहार गरेको र मोबाइल फोनसमेत फुटाइदिएकोआरोप लगाएकी थिइन् । यतिमात्र होइन, किशोरीकी आमाले आफ्नै पतिविरुद्ध उजुरीसमेत दर्ता गराएकी थिइन् । सोही आधारमा प्रहरीले आरोपित बुवालाई गिरफ्तार गरेर मुद्दा प्रक्रिया अघि बढाएको थियो । अदालतले आरोपित बुवालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्दा किशोरीले बयान फेरछिन् । किशोरीले सुनुवाइका क्रममा अदालतमा भनछिन् , ‘बुवाले मेरो मोबाइल फुटाइदिएपछि रिसमा मैले झुटो आरोप लगाएको थिएँ ।’ किशोरीकै बयानका आधारमा आरोपितलाई ‘निर्दोष’ ठहर गर्दै रिहा गर्ने आदेश दिएका हुन् ।
