नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले शिक्षकहरूका माग पुरा नगरदिए सरकारबिरुद्द अझ फराकिलो जनाआन्दोलन उठ्ने चेतावनी दिएका छन्।
उनि भनछन् , ‘ आन्दोलन गरिरहेका शिक्षकहरूका मागहरूलाई अभिलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग माग गर्दछु । साथै सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु ।’
खनालले शिक्षकहरूको आन्दोलनप्रति आफ्नो समर्थन जनाएका छन्।