कांग्रेस आत्तियो भने सिङ्गो देशले त्यसको मूल्य चुकाउनुपर्ने गगन थापाको टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन्।

उनले गलत काम गर्ने जो कोही भए पनि सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताएका छन्।   नेपाली कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचियर बस्न नसक्ने उनि बताउछन्  ।
कांग्रेस आत्तियो भने सिङ्गो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै उनले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि कांग्रेसको काँधमा आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *