प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू गणतन्त्रको पक्षमा भएको बताएका छन् ।
उनले आफू स्वतन्त्र नागरिकको प्रतिनिधि गर्ने जनप्रतिनिधि भएकाले गणतन्त्रको पक्षमा रहेको तर जनताले गइसकेको व्यवस्था ल्याउन चाहे आफूले केही गर्न नसक्ने बताएका छन्। उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादनलाई १ सय नम्बर दिन तयार भएको पनि बताएका छन् ।
उनि भन्छन ‘म गणतन्त्रको पक्षमा छु । तर जनताले रुचाएर राजसंस्था ल्याए भने त भन्नु केही छैन । म गणतन्त्रको पक्षमा भोट हाल्छु । तर जनताले यो व्यवस्था भन्दा त्यही ठिक छ भनेर ल्याइदिए भने मेरो भन्नु केही छैन । म जनतासँग लड्न सक्दिन । ‘म अभियान र आन्दोलनबाट आएको मान्छे हो । म बाङ्गै छु । कुलमानलाई म १ सय अङ्क दिन तयार छु । सरकारको विषयमा बोल्दिन ।’
धरानका मेयर हर्क साम्पाङ भन्छन , ‘ म बाङ्गै छु, कुलमानको कामलाई १ सय अङ्क दिन चाहन्छु ‘
