Homeसमाचारआज विश्व हुलाक दिवस

आज विश्व हुलाक दिवस

विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ । यो वर्ष ‘विश्वासका लागि एकसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

विश्वभरका मानिसबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघ ९ अक्टोबर सन् १८७४ मा स्थापना भएको थियो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो ।

सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । सञ्चारको प्रारूपको सुरुवात हुलाकबाट सुरु भएको हो, आफ्नो ठाउँभन्दा पर अथवा शहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे ।

धेरै परसम्म चिठी र खबर पुर्याउन धेरै जना हुलाकीले आफ्नो जिवनकाल नै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read