Homeसमाचारफुर्लिमा फाउन्डेसनको खेलकुद सामाग्री बितरण कार्यक्रम सम्पन्न

फुर्लिमा फाउन्डेसनको खेलकुद सामाग्री बितरण कार्यक्रम सम्पन्न

फुर्लिमा फाउन्डेसन ले आफनो बार्षिक उत्सव मनाउने क्रममा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६ याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालय लाइ खेलकुद सामाग्री बितरण गरेको छ ।

आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्थाले बालबालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ ।
यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् ।

खेलकुद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बि का प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो।
कार्यक्रम मा बिभिन्न प्रकार का खेलकुद सामग्रि हरु जस्तै टेबल टेनिस बोर्ड, टेबलटेनिस ब्याट र बल, भलिबल, भलिबल नेट, आदि सामग्रि बितरण गरिएको थियो।

यस कार्यक्रम को आधारमा फुर्लिमा फाउन्डेसन ले विद्यार्थीहरु को खेलकुड चेतनामा उनिहरु लाई आवश्याक सामग्रि प्रदान गर्दै आगमी दिन हरु मा उनि हरु को क्षमता विकास मा महत्वपूर्ण भूमिका निभाउने योजना बनाएको फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ ।

यस कार्यक्रम मा भाग लिने सबै व्यक्तिहरु लाई उनि हरु को सामर्थ्य विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने फुर्लीमा फाउन्डेसन को प्रयास लाई सरहना गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read