Homeमनोरञ्जन‘जात्रा’ र ‘जात्रैजात्रा’पछि प्रदीपको ‘महाजात्रा’ घोषणा, चैत ९ गते प्रदर्शन हुने

‘जात्रा’ र ‘जात्रैजात्रा’पछि प्रदीपको ‘महाजात्रा’ घोषणा, चैत ९ गते प्रदर्शन हुने

चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले पोस्टर फाल्दै रिलिज डेट घोषणा गरेको हो ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि निर्माण पक्षले ‘महाजात्रा’ को रिलिज डेट घोषणा गरेको हो ।

यसअघि सफलता हाँसिल गरेको चलचित्र ‘जात्रा’ तेस्रो शृंखलाका रूपमा चलचित्र महाजात्रा निर्माण गर्न लागिएको पनि बानियाँले बताएका छन् । ‘जात्रा’ २०७३ सालमा प्रदर्शन भएको थियो भने यसको सिक्वेल (जात्रै जात्रा) २०७६ सालमा रिलिज भएको थियो ।

जात्राका चार कलाकारहरू विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउतसँगै यस चलचित्रमा कलाकार हरिवंश आचार्य पनि थपिएका छन् । जात्रै जात्राका अभिनेता दयाहाङ राई भने यस चलचित्रमा कुन भूमिकामा रहन्छन् भन्ने’ निर्माण पक्षले खुलाएको छैन ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री र यत्रश्वर पौडेल छन् भने कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

निर्माण पक्षले एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टर सार्वजनिक गर्दै यस चलचित्रको निर्माण घोषणा गरेको हो । यस चलचित्रलाई आगामी ९ चैतमा रिलिज गरिने पनि निर्माण पक्षले जनाएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा यो चलचित्र निर्माण हुँदैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read