Homeसमाचारनिगमले पेट्रोल प्रतिलिटर ३ र डिजेल १० रुपैयाँ घटायो

निगमले पेट्रोल प्रतिलिटर ३ र डिजेल १० रुपैयाँ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

बैठकको निर्णयसँगै अब डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम थियो ।

यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँ नै कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read