क्रिस्टियानो रोनाल्डो बिहीबार साउदी अरबको मैदानमा पहिलोपटक फुटबल खेल्दै छन् ।
रोनाल्डोको क्लब अल नासरले लियोनेल मेसीको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्ने बताइयो । यो मैत्री खेलका लागि रोनाल्डोलाई कप्तान पनि बनाएको छ ।
रियाद जनरल एंटरटेनमेंट अथोरिटीका प्रमुख अल शेखले सोसल मिडियामार्फत् रोनाल्डोलाई कप्तानको आर्मब्यान्ड लगाइदिएर भिडियो सेयर गरेका हुन् । यो खेलको लागि अल नासर हिलालको संयुक्त ११ हुनेछ । दुवै क्लबका खेलाडी मिलाएर मेसीको क्लबलाई हराउने अपेक्षा पनि गरिएको छ ।
रियादमा हुने यो भिडन्तमा रोनाल्डो र मेसी एक–अर्कासँग भेट गर्नेछन् । यसअघि, यी दुवै सुपरस्टार खेलाडीले एक अर्कोविरुद्ध २०२० मा खेलेका थिए । रियाद सीजन कपको गोल्डन टिकट के लिए बोली करीब ४.४ करोड़ रुपियाँबाट शुरु भएको थियो । जुन हिजै सकिएको थियो ।
साउदी अरेबियन क्लबका शीर्ष खेलाडीहरूले बिहीबार नेपाली समयअनुसार पाैने ११ बजे साउदीकाे किङ्ग फहाल स्टेडियममा फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
खेललाई बेन स्पाेर्ट्स नेटवर्कले प्रसारण गर्नेछ भने पीएसजी टिभीमार्फत भएकाे लाइभ स्ट्रिम विश्वरभर हेर्न सकिनेछ।