Homeमनोरञ्जनढाका टोपीमा तस्बिर सार्वजनिक गर्दै नाजिर हुसेन लेख्छन्, "नाम थरका कारण नखोज्दा...

ढाका टोपीमा तस्बिर सार्वजनिक गर्दै नाजिर हुसेन लेख्छन्, “नाम थरका कारण नखोज्दा पनि धेरै प्रश्नहरु खेपेको छु”

कलाकार नाजिर हुसेनले आफ्नो नाम थरकै कारण विभिन्न समयमा भोगेका हैरानी उल्लेख गर्दै सामाजिक संजालमा आफ्नो ढाका टोपी लगाएको तस्वीर राख्दै अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना दिएका छन्।

आफूले नोखोज्दा पनि भेटिने प्रश्नहरु उल्लेख गर्दै उनले लेखेका छन्, ‘मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम देखेपछि प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु हुन्छन्- तपाईं इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? तपाईं हिन्दू कि मुसलमान? ओहो, तपाईं त तराईबाट आएको भए पनि नेपाली त स्पष्ट बोल्नु हुँदो रैछ!’

यस्तो आफूलाई फ्याट्ट दिन मन लाग्ने उत्तर लेख्छन्, ‘हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा।’ आफू यही माटोको रहेको र शरीरमा बग्ने रगत नै रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ। तपाईंलाई जति खुशी लाग्छ मलाई पनि त्यतिनै खुसी लाग्छ।’

आफू मान्छे बन्न खोजिरहेको बताउँदै बन्न दिन आग्रह गरेका छन्। उनी भन्छन्, ‘हरेक नेपालीको शीरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच र विचार अग्लियोस! ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना!’

कलाकार हुसेनले हिन्दु परम्परा अनुसार मनाईने बिभिन्न चाढ्पर्वहरुको तस्वीर पहिल्यै देखि राख्दै आएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read