Homeसमाचाररवि लामिछाने भन्छन्– राजनीतिक परिस्थितिलाई नजिकबाट नियालीरहेका छौं, निर्वाचनको पूर्ण नतिजा आएपछि...

रवि लामिछाने भन्छन्– राजनीतिक परिस्थितिलाई नजिकबाट नियालीरहेका छौं, निर्वाचनको पूर्ण नतिजा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताबारे निर्णय लिन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागिताबारे निर्णय लिने बताएको छ ।

पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुगिने बताए ।

नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला लामिछानेले सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’

पार्टी स्थापनाको केही महिनामै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि नजाला भन्ने चासो छ ।

यसै सन्दर्भमा उनले सामाजिक सन्जालमा थप लेखेका छन्, ‘हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read