Homeमनोरञ्जनचार सातामै ‘महापुरुष’ले कमायो १० करोड ग्रस, निर्माताले केक काटेर बाँडे खुसी

चार सातामै ‘महापुरुष’ले कमायो १० करोड ग्रस, निर्माताले केक काटेर बाँडे खुसी

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा हालसम्म १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ । प्रदर्शनको ३१ औं दिन शनिबारसम्म फिल्मले १० करोड १४ लाख रुपैयाँ कमाएको हो ।

फिल्मले दुई अंकको कमाइ गरेपछि निर्माताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर सफलताको खुसीयाली मनाए । कार्यक्रममा फिल्मका निर्माता, निर्देशक, कलाकार र प्राविधिक सहभागी थिए ।

अहिले अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले छोरा मोहितवंशमार्फत दर्शकलाई धन्यवाद दिए ।

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले महापुरुषको सफलतामा दर्शकसहित पर्दा पछाडि बसेर साथ दिने प्राविधिकको योगदान रहेको बताए । अभिनेता राजाराम पौडेलले नेपाली कला, संस्कृति र धर्मलाई नेपालीले नै बचाउनुपर्ने बताए ।

प्रौढ पुरुषको एक्लोपन र पुनर्विवाहको कथा प्रस्तुत गर्ने फिल्म चुनाव र विश्वकप फुटबलको माहोलमा पनि अहिले राम्रै अकुपेन्सीसहित चलिरहेको छ । फिल्ममा हरिवंशसहित गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको प्रमुख अभिनय छ ।

षट्कोण आर्ट्सले यसपछि फिल्म महाजात्रा निर्माण गर्ने जनाएको छ । यो ब्यानरकै अर्को फिल्म ‘डाकिनी’ पनि प्रदर्शनको तयारीमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read