Homeसमाचारकाठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने घोषणा

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई हर्कले एक महिनाको तलब दिने घोषणा

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिला तामाङ्गलाई धरानका मेयर हर्क सम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन्।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

सामाजिक सञ्जालमा सन्देश र फोटोसमेत पोष्ट गर्दै हर्कले आफ्नो एक महिनाको तलब सहयोग गर्ने बताएका हुन् । ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’, उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।

सडकमा व्यवसाय गरिरहेकी लमजुङकी शर्मिला तामाङलाई नगरप्रहरीले हटाएको थियो । छोराको पालनपोषण र आफ्नै हातभित्र राखिएको स्टिलको रड झिक्नका लागि शर्मिलाले ठेलागाडामा चना–चटपटेको व्यापार गर्दै आएकी थिइन् ।

कसैले सहयोग गरेर किनेको ठेलामा सानो व्यापार गरेर उनले छोराको पालनपोषण र दैनिक गुजारा चलाउँदै आएकी थिइन् । केही वर्षअघि दुर्घटनामा परेर अपरेसन गर्दा उनको हातभित्र स्टिल राखिएको छ । त्यो स्टिल झिक्नुपर्ने दुई वर्षअघि नै थियो, तर रकम अभावका कारण झिक्न सकेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read