Homeमनोरञ्जनटुंगियो नायिका नम्रताको चारवर्षे प्रेम सम्बन्ध

टुंगियो नायिका नम्रताको चारवर्षे प्रेम सम्बन्ध

सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेला-बेलामा आफ्नाे व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् ।

उसाे त कलाकारकाे जीवन आम मानिसकाे जति सहज पनि छैन् । जीवनमा घट्ने स-साना घटना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् ।

यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ । यसपटक उनी छाउनुकाे कारण हाे उनकाे चार वर्ष लामाे प्रेम सम्बन्धमा लागेकाे पूर्णविराम । उनकाे पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुङ्गिएकाे छ । दावा स्वयंले नम्रतासँग ‘ब्रेकअप’ भएको कुरा पुष्टि गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर शेयर गरेका छन् । केही समययता, उनीहरूबीच ‘ब्रेकअप’ भएको हल्ला चले पनि पुष्टि भएको थिएन ।

हालसम्म दावासँगै सम्बन्धमा छन् भन्ने मानेक उनका शुभ चिन्तक यतिबेला अचम्मित छन् । यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । तर, उनीहरूकाे सम्बन्धमा कहिलेदेखि चिसाेपन आयाे भन्नेबारे कुनै तथ्य बाहिरिएकाे छैन ।

यता नम्रता भने केही साताअघि बक्सिङ अभ्यास गर्दा हातको औँला भाँच्चिएर आराम गरिरहेकी छन् ।यस्ताे छ दावाले राखेकाे इन्स्टाग्राम पाेस्ट र तस्बिर:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read