Homeसमाचारएमाले नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला

एमाले नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला

नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला परेका छन् ।

शनिबार बिहान ढुंगेल निवास काँडाघारीस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका हुन्। उनको परिवार बर्दिवासमा रहेका कारण हाल उनी घरमा एक्लै थिए । बिरामी समेत रहेका उनी बाथरुममा चिप्लिएर मृत्यु भएको हो । मिर्गौलासम्बन्धी समस्याको लामो समयदेखि उपचाररत ढुंगेलको शनिबार राजधानीस्थित आफ्नै निवासमा निधन भएको हो।

नेकपा माओवादी केन्द्रबाट पहिलो संविधान सभा निर्वाचनमा सभासद बनेका थिए । सशस्त्र द्धन्द्धका क्रममा उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेसँगै दुई पटक गरी ७ वर्ष भन्दा बढी समय जेल बसेका थिए ।

तत्कालिन नेकपाको विभाजनपछि एमालेमै बसेका उनी हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read