Homeस्वास्थ्यतौल नियन्त्रणदेखि कोलोस्टोर कम गर्नसम्म उपयोगी हुन्छ यो फल

तौल नियन्त्रणदेखि कोलोस्टोर कम गर्नसम्म उपयोगी हुन्छ यो फल

भुक्तभोगीहरु भन्छन्, ‘मौसम अनुसारको फल सेवन गर्नुपर्छ।’ प्रकृतिले हामीलाई कुनैपनि फल त्यही सिजनमा उत्पादन गरिदिएको छ, जतिबेला शरीरलाई त्यसमा रहेको पोषक तत्व आवश्यक हुन्छ । अहिले नास्पातीको सिजन छ । बजारमा नास्पाती किनबेच भइरहेको देखिन्छ। यो फल स्वादिलो हुन्छ भनेर त भनिरहनु पर्दैन। नास्पाती नचाख्ने सायदै होलान्। न महंगो, न दुर्लभ। जबकी यो फल स्वास्थका लागि कति फाइदाजनक छ भनेर बुझ्नुभयो भने तपाईंले आजैदेखि यो फलको खपत बढाउनुहुनेछ।

नास्पातीको फाइदा: नास्पातीको सेवनले फोक्सोको क्यान्सर रोक्ने देखि पेटको क्यान्सर हसनबाट समेत जोगाउँछ। यसमा हाइपो एलजेर्निक तत्व हुने भएको यसको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन।नास्पातीको सेवनले आखा धमिलो हुने समस्या कम गर्नुका साथै मुटुको धमनी विग्रनबाट जोगाउँछ। हालैमा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नास्पातीको बोक्रामा एन्टीअक्सिडेन्ट क्वेरसेटिन पाइन्छ, जसले अल्जाइमर हुनबाट समेत जोगाउन मद्दत गर्छ।

यसमा पाइने उच्च फाइबरले कोलोन क्यान्सर हुनबाट समेत जोगाउँछ। नास्पातीमा ग्लूटेथाइन नामक एन्टी अक्सिडेन्ट तथा एन्टी कार्सिनोजेनिक तत्व पाइन्छ, जसले उच्च रक्तचाप तथा स्ट्रोक हुनबाट जोगाउँछ। यसमा पाइने फु्रक्टोस तथा ग्लूकोज शरीरलाई तागत प्रदान गर्ने प्राकृतिक स्रोतहरु हुन्।

कस्ता कस्ता पोषकतत्व हुन्छ नास्पातीमा ? नास्पातीमा भिटामिन ए, बी १, बी २, फोलिक एसिड लगायतका तत्व पाइन्छ । त्यस्तै, पोटासियम, कपर, फोस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ। क्याल्सियम, आइरन, म्याग्नेसियम, सल्फर, क्लोराइन तथा सोडियम जस्ता तत्व नास्पातीका कम हुन्छ। केही प्रकारका नास्पातीमा भने आइरनको मात्रा धेरै हुन्छ। यदी नास्पाती काट्दा दुवै भागमा खैरो देखिएमा भने त्यसमा आइरनको मात्रा धेरै भएको बुझ्नु पर्छ।

किन खाने नास्पाती ? कब्जियत कम गर्न: नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ। कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रुपमा पनि सेवन गर्न सकिन्छ। वजन घटाउन: वजन घटाउन चाहनेका लागि नास्पाती राम्रो विकल्प हुनसक्छ। नास्पातीमा क्यालोरीको मात्रा कम हुने भएकोले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । भोक नलाग्नको लागि नास्पातीलाई रातको समयमा सेवन गर्न सकिन्छ । नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले यसले तपाईलाई लामो समयसम्म भोक लाग्न दिदैन।

अमिलो पानी कम गर्न: छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ । कोलेस्ट्रोल घटाउन: नास्पातीमा पेक्टिनको मात्रा उच्च हुन्छ । त्यसैले, उच्च रक्तचापका विरामीहरुलाई चिकित्सक नास्पाती खान सल्लाह दिने गर्छन्। यसमा भएको पेक्टिन र फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । नास्पातीको बोक्रामा समेत पेक्टिन पाइने हुदाँ नास्पातीको सेवन गर्दा ब्रोका नफाली सेवन गर्न सल्लाह दिइने गरिने ।

मधुमेहमा: कम क्यालोरीयुक्त तथा कार्वोहाइड्रेट्को मात्रा कम हुने भएकोले चिकित्सकहरु प्राय मधुमेहका विरामीलाई नास्पाती खान सल्लाह दिने गर्दछन्। यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुने गर्दछ। नास्पातीको स्वादलाई अझ बढाउन यसमा सुगर फ्रि, फ्याट फ्रि क्रिमको प्रयोग गर्न सकिन्छ।

बाझोपन हटाउन: हर्मोनको गडबडीका कारण कयौ महिलामा बाझोपनाको समस्या हुने गर्दछ । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ। फलफुलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । त्यतिमात्रहैन, नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई बाझोपनाको समस्या कम गर्न मद्दत गर्छ।

पथ्थरी हुनबाट जोगाउन: नास्पातीको सेवनले पित्तथैलीमा पथ्थरी हुन दिदैन । यसमा पाइने ‘मेलिक’ नामक तत्वले पथ्थरीलाई कम गरी शरीरमा पथ्थरी हुनबा ट जोगाउँछ ।त्यतिमात्र हैन, यसले मिगौलामा हुने पथ्थरीबाट समेत जोगाउन मद्दत गर्छ। सामान्यतया मिर्गौलामा क्याल्सियम अक्सालेट पथ्थरी हुने व्यक्तिको पिसाबमा अक्सोलेटको मात्रा धेरै हुने गर्छ । जसका कारण मिगौलामा पथ्थरी भएका व्यक्तिलाई अक्सालेट भएको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ। नास्पातीमा अक्सालेटको मात्रा कम हुने भएकोले यसको सेवन मिर्गौलामा पथ्थरी भएका व्यक्तिले समेत सेवन गर्न सक्दछन्।

घाँटीको समस्या भएमा: नास्पातीको सेवनले जलन कम गर्न मद्दत हुने भएको ले घाँटकिो समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसको लागि थोरै महका साथमा नास्पातीलाई मिक्सरमा राम्ररी व्लेण्ड गर्नु पर्दछ ।यसको सेवनले घाटीको समस्या कम गर्नुका साथै दिनमा दुई ग्लास नास्पातीको जुसको सेवनले घाँटी सम्बन्धि समस्या हुनबाट जोगाउँछ । पेट सम्बन्धि समस्या भएमा: फुड प्वाइजनिङ्ग भएमा वा भाइरस , व्याक्टेरिया वा परजिवीको सम्पर्कमा आएमा पेट दुख्ने गर्दछ। जसका कारण मानिसलाई वाकवाकी लाग्ने तथा वान्ता हुने गर्दछ । यस्ता समस्या कम गर्नका लागि पनि नास्पातीको सेवन गर्न सुझाव दिइने गरिन्छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read