Homeस्वास्थ्यअण्डा खाएपछि दुध पिउनुहुन्छ कि हुँदैन ? के भन्छन् विज्ञ ? जान्नुहोस

अण्डा खाएपछि दुध पिउनुहुन्छ कि हुँदैन ? के भन्छन् विज्ञ ? जान्नुहोस

अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा प्रोटिनको उत्तम स्रोत मध्ये एक हो । यसका साथै यसमा फोलेट, भिटामिन बीफाइभ, बी१२, बीटु, डी, फस्फोरस, सेलेनियमजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक अण्डा खाँदा तपाईंलाई शारीरिक तवरले स्वस्थ मात्र राख्दैन, यो तपाईंको छाला र कपालको लागि पनि धेरै फाइदाजनक हुन्छ । तर अण्डा र दुध सँगसँगै खान हुन्छ कि हुँदैन भनेर धेरैजना अन्यौलमा हुन्छन् किनभने अण्डा खाएपछि दुध पिउनेबारे विभिन्न धारणा छन् ।

धेरैले दुध र अण्डा सँगै खानु निकै फाइदाजनक हुन्छ भन्ने गर्छन्, यस्तै केही मानिसहरु दुधसँग अण्डा खाँदा स्वास्थ्यलाई हानी हुन्छसमेत भन्ने गर्छन् । अण्डा खाएपछि दुध पिउने कि नपिउने ? यसबारे थाहा पाउनका लागि एक भारतीय सञ्चार माध्यमले भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिसियन गरिमा गोयलसँग कुराकानी गरेको छ । यसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

के अण्डा खाएपछि दुध पिउन सकिन्छ ? डायटिसियन गरिमाका अनुसार अण्डा र दुध दुबै पोषक तत्वले भरिपूर्ण खानेकुरा हुन् । अण्डा र दुध फिटनेस प्रेमीहरूको मनपर्ने खाना संयोजन हो । दुवै स्वस्थ बोसो, प्रोटीन, एमिनो एसिड र क्याल्सियमले भरिपूर्ण छन् । जसले गर्दा यसले मस्तिष्कको विकास र मस्तिष्कको कामलाई राम्रो बनाउन मद्दत गर्छ । सामान्यतया अण्डा खाइसकेपछि दुध पिउँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । बरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता, हड्डी, जोर्नी, मांसपेशी बलियो बनाउनुका साथै, तौल व्यवस्थापनमा पनि यो निकै उपयोगी हुन्छ । त्यसैले धेरैजसो हेल्थ एण्ड फिटनेस एक्सपर्टले अण्डा र दुध खान सल्लाह दिन्छन् ।

के अण्डा खाइसकेपछि दुध पिउनुका केही बेफाइदा छन् ? अण्डासँगै दुध पिउँदा स्वास्थ्यलाई हानि हुन्छ कि हुँदैन, यो कुरा तपाईंले अण्डा कसरी खाइरहनुभएको छ भन्ने कुरामा भर पर्छ । यदि तपाईंले काँचो अण्डामा दुधमा मिसाएर खाँदै हुनुहुन्छ भने त्यसले केही समस्या निम्त्याउन सक्छन् । जस्तै, पेट फुल्ने, बेचैनी, पेट दुख्ने, वान्ता हुने र पखाला लाग्ने जस्ता समस्याहरू देखापर्छन् । तर दुधसँग पकाएको अण्डा खानु पूर्णतया सुरक्षित छ । तर, यदि कुनै व्यक्तिलाई दुई खानेकुराबाट एलर्जी छ भने, यो संयोजन हानिकारक पनि हुन सक्छ । उमालेको वा पकाएको अण्डा खाएपछि दुध खान सकिन्छ तर काँचो अण्डा सँग दुध सकेसम्म नखाएकै राम्रो ।

अण्डा खाएको कति घण्टा पछि दुध पिउने ? आहारविद् गरिमाका अनुसार अण्डा खाएपछि कति समयपछि दुध खाने भन्ने कुराको निश्चित समय छैन । यी दुई सँगै पनि खान सकिन्छ । अण्डा खाएको केही समयपछि असहज महसुस हुन्छ भने केही बेरपछि मात्रै दुध खान सक्नुहुन्छ । दुध र अण्डा सँगै वा भिन्न भिन्न पनि खान सकिन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read