Homeअनमोल भनाईहरुभोगाई सबैका अमूल्य हुन्छन् । कसैले लेख्छन्-‘कथा’ हुन्छ । कसैले लेख्दैनन्- ‘व्यथा’...

भोगाई सबैका अमूल्य हुन्छन् । कसैले लेख्छन्-‘कथा’ हुन्छ । कसैले लेख्दैनन्- ‘व्यथा’ हुन्छ

१. समस्यामा कसैसित सहयोग माग्नुछ भने सोचिसम्झी माग्नु किनकी समस्या थोरै समयको लागि हुन्छ तर गुण जिन्दगी भरको।

२. भोगाई सबैका अमूल्य हुन्छन् । कसैले लेख्छन्-‘कथा’ हुन्छ । कसैले लेख्दैनन्- ‘व्यथा’ हुन्छ ।

३. जिन्दगीलाई रङ्गिन देख्नु छ भने मुस्कुराएर हेर्नुहोस भिजेका परेलीहरुले त ऐना पनि धमिलो देखिन्छ ।

४. दुनियाको सबैभन्दा राम्रो पुस्तक हामी स्वयम् हौ ,आफैलाई बुझ्नुहोस सबै समस्याको समाधान हुनेछ ।

५. हिजो एउटा मान्छेले रोटि मागेर लिएर गयो र करौडोको आशिर्वाद दिएर गयो , थाहा पाउन सकिन गरीब उ थियो कि म ?

६. जिन्दगी पनि भिडियो गेमको जस्तो भएको छ , एउटा लेबल क्रस गर्यो कि अर्को लेबल झन मुश्किल भइदिन्छ ।

७. यति चाहना त लाख रुपैया पाउनु पनि हुदैन जति चाहना बचपनको तस्बिर हेरेर फेरि बचपन मा जानलाइ हुन्छ ।

८. हमेशा सानो – सानो गल्तिबाट जोगिने कोसिस गर्नुस किनकी मान्छे पहाडले होइन ढुङ्गाबाट ठक्कर खान्छ ।

९. माटोको भाँडो र परीवार को मूल्य केवल बनाउनेहरुलाई थाहा हुन्छ तोड्नेहरुलाई होइन ।

१०. मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read