Homeअनमोल भनाईहरुयति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन...

यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन्

१. मन्दिर पनि कस्तो गजबको ठाउँ हो, गरिब बाहिर भिख माग्छन्, धनी भित्र ।

२. यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

३. आमा बुवाले भन्छन्,”छोरी पराई घर जाने हो।” सासु ससुराले भन्छन्,”यो त पराई घरबाट आएकी हो।” आखिर छोरी कुन घरको लागि जन्म लिन्छिन् ।

४. चेस खेलको एउटा नियम अजिबको छ, चाल जुनसुकै चल्नुस् तर आफ्नालाई कहिल्यै मार्न सकिदैन । कास यो नियम मान्छेहरूमा पनि भइदिए ।

५. मान्छेले हात मिलाउँदा तपाईंसित होइन, तपाईंको स्थितिसँग हात मिलाउँछन् ।

६. दुनियाँको सबैभन्दा सस्तो मजदुर श्रीमती हुन्छिन् जसलाई जिन्दगीभर यहि भ्रममा राख्ने गरिन्छ कि “तिमी, पुरै घर कि मालिक्नी हौ।

७. कुनै मसानघाटमा लेखिएको थियो,”कसैलाई के आरोप लगाउनु साथी ! जिन्दगीमा सताउनेहरू पनि आफ्नै थिए र जलाउनेहरू पनि ।

८. म आफुलाई हरेकका लागि राम्रो सावित गर्न सक्दिनँ । जसले मलाई चिनेका छन्,उनीहरूका लागि म ठिकै छुँ । अरूले जेसुकै राम्रो नराम्रो भने पनि, मान्छे आफ्नो नजरमा सही हुनुपर्छ । किनभने गुनासो त धेरैलाई ईश्वरप्रति पनि त छ ।

९. यदि तपाईं कुनै यस्तो व्यक्तिको पर्खाइमा हुनुहुन्छ जसले तपाईंको जिन्दगी नै बदलिदेओस् । हो भने एकपल्ट ऐनामा गएर हेर्नुस्।

१०. बन्नु नै छ भने मेहेन्दी को पात जस्तै बन जो आफु चुडिएर-सुकेर-पिसिएर पनि अरु को जीवनमा रङ्ग छारिदियोस I

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read