Homeस्वास्थ्यसुत्नेबेलामा लसुन चपाएर सुत्ने गर्नुस, यस्ता गज्जबको फाईदा हुनेछ !

सुत्नेबेलामा लसुन चपाएर सुत्ने गर्नुस, यस्ता गज्जबको फाईदा हुनेछ !

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

लसुन ठूलो औषधि हो । यो आयुर्वेदिक औषधि पनि हो । लसुनमा भएको औषधीय गुण अरू सागपातमा कमै पाइन्छ । आधुनिक चिकित्सा विज्ञानले पनि लसुनको गुण स्वीकार गरेको छ । लसुनका पोटीभित्र रहेका केस्राहरू केलाएर यसको उपयोग गरिन्छ ।

यसले तरकारी स्वादिलो बनाउने मात्र होइन, पेटसम्बन्धी विविध विकार र रोग पनि निको पार्दछ । लसुनको केस्रा अचारमा पनि मज्जाले प्रयोग गरिन्छ । यति मात्र होइन, लसुनको हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । पातको तरकारी र अचार दुवै बनाइन्छ । लसुनको स्वाद नेपाली मात्र नभएर संसार भरका मानिसहरूको जिभ्रोमा टक्क झुन्डिएको हुन्छ । स्वाद मीठो र गन्ध राम्रो मात्र होइन, यसका निकै धेरै गुनहरू छन् ।

लसुनको पातको सेवन मुटुका लागिसमेत लाभदायी हुन्छ । यसमा पाइने पोलिसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

लसुनका पात मात्र तरकारीमा मिसाएर खानाले पनि शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ । यो तत्वले रोग प्रतिरोधी क्षमता बढाउँछ । लसुनको पातले एक प्रकारको एन्टी बायोटिकको काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमताले हुन्छ । यसले शरीरको दुखाइ पनि कम गर्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

लसुनको पातमा प्रशस्त्रै आइरन तत्व पाइन्छ । त्यसकारण रक्तअल्पता भएकाहरूले लसुनको पातको नियमित सेवन गर्नु लाभदायी हुन्छ । लसुनको पातको सेवन मुटुका लागिसमेत लाभदायी हुन्छ । यसमा पाइने पोलिसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ र मुटु तथा रगतसम्बन्धी समस्या कम गर्छ । लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणालीसम्बन्धी संक्रमण पनि कम गर्छ । साथै, चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ । त्यसैले, लसुनको केस्रा मात्र होइन हरियो पातसमेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read