Homeमनोरञ्जन‘प्रेमगीत ३’को टिजर युटुबको ट्रेन्डिङमा, एक दिनमै मिलियन बढि भ्युज(टिजरसहित)

‘प्रेमगीत ३’को टिजर युटुबको ट्रेन्डिङमा, एक दिनमै मिलियन बढि भ्युज(टिजरसहित)

आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषाको टिजर शनिबार सार्वजनिक भएको थियो । चलचित्रको नेपाली टिजरले एक दिनमै १० लाख भन्दा बढी भ्यूज पाएको छ र २४ घन्टा नवित्दै युटुब ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्रको टिजर सार्वजनिक भएपछि यसको मेकिङ र नायक प्रदिप खड्काको कामको प्रशंसा खुबै भैरहेको छ । ‘प्रेमगीत ३’को ट्रेलरले युटुबमा तहल्का नै मच्चाएको छ भने सामाजिक संजालमा पनि खुबै शेयर गरिएको छ ।

यूट्युबमा चलचित्रको हिन्दी डब टिजर आशुसेन फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ । चलचित्रको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का बिहीवार मुम्बई उडेका थिए । शनिवार मुम्बईमा एक कार्यक्रमका बीच चलचित्रको टिजर सार्वजनिक गरिएको थियो ।

टिजरमा अभिनेता प्रदीप खड्का एक्सन अवतारमा प्रस्तुत छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनले साउथका कयौं सुपरस्टारको फिल्मको हिन्दी डबमा आवाज दिइसकेका छन् । उनको बोल्ड आवाजले ‘प्रेमगीत ३’को टिजरलाई थप आकर्षक बनाएको छ । १ मिनेट लामो टिजरमा प्रदीपलाई प्राथमिकता दिइएको छ । टिजरमा प्रेम पनि प्रस्तुत गरिएको छ ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

टिजर:
नेपालीमा

हिन्दीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read