Homeसमाचारमंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने

निर्वाचन आयोगले मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट पारेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै २०७९ साल साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिमध्ये पनि २०७९ साल मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्रै मतदान गर्न पाउने जनाएको हो ।

२०७९ साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेको भए पनि २०७९ साल मंसिर ३ गतेसम्म १८ वर्ष उमेर नपुग्नेले भने मतदान गर्न नपाउने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले पनि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read