Homeजीवनशैलीरातारात भाग्य चम्काउन अपनाउनुहोस् हनुमानका यी उपाय

रातारात भाग्य चम्काउन अपनाउनुहोस् हनुमानका यी उपाय

रामभक्त हनुमानलाई विघ्न–बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ। शुद्ध-पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा-अड्चनहरुको नाश हुने विश्वास गरिन्छ। जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ। हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन्। जुन भक्तले मनैदेखि हनुमानको सेवा गर्दछन्, उसलाई पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास राखिन्छ। हनुमान प्रशन्न बनाउँन हनुमान चालिसा अथवा हुनमासँग जोडिएका मन्त्रहरु जप गर्नुपर्ने हुन्छ।

जीवनमा केही बाधा अड्चन आइ परेमा हनुमानको नाम जपेमात्रै पनि विध्न वाधा हटेर जान्छ भन्ने धार्मिक विश्वास छ। हनुमानकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ। हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ। जुन यस प्रकार छन्ः

१) पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ। २) निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ। ३) हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ। ४) पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन। मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । हनुमान रामभक्त भएको हुँदा भगवान रामको पूजा गर्दा पनि हनुमान प्रशन्न हुन्छन्। तुलसीदास जीले रामलाई पुकार्दा उनलाई हनुमानजीको कृपा सहजै प्राप्त भएको थियो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरूरी हुन्छ।

पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ। तुलसीदास भन्छन्ः हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रशन्न हुन्छन्। हनुमान साधनाको केही तांत्रिक प्रयोग र मन्त्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ। शुक्ल पक्षको पहिलो मंगलबारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्ति हुने शास्त्रमा उल्ले छ।

केही मन्त्रः –‘ॐ नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मन्त्रको देवता हनुमान हुन्, यस मन्त्रलाई दश हजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ। – ॐ नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा। – ॐ नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा। – ॐ नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read