Homeजीवनशैलीपति–पत्नीको एउटै राशि छ ? यी राशि हुने दम्पत्तिको हुन्छ गहिरो प्रेम

पति–पत्नीको एउटै राशि छ ? यी राशि हुने दम्पत्तिको हुन्छ गहिरो प्रेम

ज्योतिषमा कुल १२ राशि हुने गर्दछन्। सबै राशिको ग्रह स्वामी अलग अलग हुन्छन्। यिनैका आधारमा पनि मानिसको स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जानिराखौँ यदी समान राशि हुने व्यक्तिले विवाह गर्दा उनीहरुको वैवाहिक जीवन कस्तो हुने गर्दछ।

मेष र मेषः ग्रह स्वामी मंगल मेष राशिका व्यक्ति मेहनती हुने गर्दछन्। यदी यस्ता व्यक्तिले समान राशि भएका व्यक्तिसँग विवाह गर्दा सुखमय हुने गर्दछ। वृष र वृषः ग्रह स्वामी शुक्र यी दुई राशिको वैवाहिक जीवन प्रेममय हुने गर्दछ। यिनीहरुको विवाहपनि जीवन सुखमय रहन्छ। मिथुन र मिथुनः ग्रह स्वामी बुध यस राशिका व्यक्ति शान्त र चिन्तित रहने गर्दछन्। यदी यी दुई राशिका व्यक्तिले विवाह गर्दा जीवन सुखमय हुने गर्दछ। कर्कट र कर्कटः ग्रह स्वामी चन्द्र यदी यी दुई राशिका व्यक्तिले विवाह गरेमा बीच बीचमा वाद विवाद भइरहन्छ र चिन्ता बढ्ने गर्दछ।

सिंह र सिंहः ग्रह स्वामी सूर्य यस राशिका पति पत्नीबीच कहिले काही विवाद हुने गर्दछ, तर सामान्यतया जीवन सुखमय हुने गर्दछ। कन्या र कन्याः ग्रह स्वामी बुध यदी कन्या राशिका पति पत्नी छन् भने जीवनमा मनमुटाव भइरहन्छ। असन्तुष्टी भाव पैदा हुने गर्दछ। तुला र तुलाः ग्रह स्वामी शुक्र यदी पति पत्नीकै राशि तुला छ भने वैवाहिक जीवन सुखमय रहन्छ। वृश्विक र वृश्विकः ग्रह स्वामी मंगल वृश्विक राशि हुने पति पत्नीबीच विवाद चरम हुने गर्दछ। चिन्ता र तनावको सामना गर्नु पर्दछ।

धनु र धनुः ग्रह स्वामी गुरु पति पत्नीकै धनु राशि छ भने जीवन सुखमय हुने गर्दछ। मकर र मकरः ग्रह स्वामी शनि मकर राशि हुने दम्पत्तिको जीवन सुखमय र सफल रहने गर्दछ। कुम्भ र कुम्भः ग्रह स्वामी शनि कुम्भ राशि हुने व्यक्ति निकै मेहनती हुने गर्दछन्। यस्ता राशि हुने पति पत्नीको जीवन आनन्दमय रहने गर्दछ। मिन र मिनः ग्रह स्वामी गुरु मिन राशि हुने दम्पतीको जीवन सुखमय रहन्छ

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read