Homeअनमोल भनाईहरुहो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि...

हो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि अलि गाह्रो हुन्छ

१. हुनेवाला मान्छे आफैं आफ्ना भैहाल्छन् , कसैलाई भनेर आफ्नो बनाइँदैन ।

२. यदि यस दुनियामा खुशी रहनु छ भने आफैसँग मित्रता गर्न सिक्नुहोस् ।

३. जो तपाईंको साथमा नराम्रो छन, उनीहरूसँग न नराम्रो हुनुहोस् न खराब केवल उनीहरु बाट टाढा रहनुहोस् ।

४. यस्ता मान्छेलाई कहिल्यै दुःख नदिनु , जोसँग पुकार्न को लागि भगवान बाहेक अरु कोही छैन ।

५. तपाईलाई डुबाउने प्रयास केहि यस्ता मानिसहरु नै गरिरहेका होलान् जसलाई तैरिन तपाईं आफैंले सिकाउनुभएको होला ।

६. हो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि अलि गाह्रो हुन्छ ।

७. केवल एक मजबुत व्यक्ति नै माफी माग्न सक्दछ र जो माफ गरिदिन्छ ऊ त्यो व्यक्ति भन्दा पनि धेरै मजबुत हुन्छ ।

८. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ ।

९. घरकी स्त्री समझदार हुँदिनन भने घर टुट्दछ र पुरुष समझदार हुँदैन भने उस घरकी स्त्री ।

१०. हास्दै रहनुहोस, उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र ?

११. धैर्यताको पनि आफ्नै सीमितता हुन्छ, यदि धेरै हुन्छ भने कायरता भनिन्छ ।

१२. कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ, छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन ।

१३. कलह र झै-झगडाबाट मुक्त पाउन को लागि मौन भन्दा ठूलो कुनै अस्त्र छैन ।

१४. बिहे उहिसित गर्नुपर्छ जोसित कर्तुत मिल्छ कुन्डली होइन ।

१५. घन्टौ बोलेर दुई दिन कटाउनु छैन मलाई बरु थोरै भएनि मिठो बोलेर जिन्दगि कटाउनु छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read