Homeअनमोल भनाईहरुहरेक मान्छेहरु नुन को जस्तै हुनुपर्दछ जुन भोजन मा रहन्छ तर देखिदैन...

हरेक मान्छेहरु नुन को जस्तै हुनुपर्दछ जुन भोजन मा रहन्छ तर देखिदैन यदि हुदैन भने त्यसको धेरै कमी महसूस हुन्छ

१. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ ।

२. बस्, मुस्कुराउन सिक्नुपर्दछ रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।

३. फुल जति नै सुन्दर होस, प्रशंसा सुगन्धको हुन्छ, मान्छे जति नै सुन्दर होस कदर उसको गुण र स्वभाव को हुन्छ ।

४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।

५. मुस्कान को ‘मोल’ हुदैन केही सम्बन्धको ‘तौल’ हुदैन, मान्छे त भेटिन्छन् हरेक मोडमा तर हर कोहि तपाईं जस्तै ‘अनमोल’ हुदैन ।

६. सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस ।

७. माया र विश्वास तब पक्का थियो जब मान्छे सच्चा थियो र घर कच्चा थियो ।

८. हरेक मान्छेहरु नुन को जस्तै हुनुपर्दछ जुन भोजन मा रहन्छ तर देखिदैन यदि हुदैन भने त्यसको धेरै कमी महसूस हुन्छ ।

९. कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१०. दुनियाको सबैभन्दा राम्रो पुस्तक हामी स्वयम् हौ, आफैलाई बुझ्नुस सबै समस्याको समाधान हुनेछ

११. जहाँबाट मान्छेलाई माया को सबैभन्दा धेरै आशा हुन्छ, उसले सबैभन्दा धेरै दुख पनि त्यही बाट पाउछ ।

१२. एउटा राम्रो चरीत्रको निर्माण हजारपटक ठक्कर खाएर नै बन्दछ ।

१३. ए ! जिन्दगी , तिम्रो हिम्मतलाई सलाम ! थाहा छ गन्तव्य मृत्यु हो फेरि पनि दौडीरहेको छौ ।

१४. मान्छेले नै मान्छेको बाटो काटीरहेको छ, बिरालो त केवल नामले बदनाम छ ।

१५. केही मान्छेहरुको प्यार कहिल्यै बदलिदैन ,जसलाई यो दुनियामा “आमाबाबा” भन्ने गरिन्छ ।

१६. निन्द्रा पुरा नहुदा आँखा पोल्छ अनि सपना पुरा नहुदा मन पोल्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read