१. आफ्नै लाग्छन ति मान्छेहरु जो आवश्यकता परेका बेला सल्लाह, सुझाव होइन साथ र समय दिन्छन ।
२. हिलोमा फुल्ने कमल र भिरमा फुल्ने लालिगुरास यस कुराका साक्षी हुनकि साहस र गुण आफुमा हुनुपर्छ, वातावरण र स्थानले फरक पार्दैन ।
३. मान्छेले के भन्लान ? भन्ने मानसिकता ले तपाइलाई अघि बढ्न दिदैन।
४. जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।
५. ध्यान राख्नुस समय र स्थिति कुनै बेला पनि बदलिन सक्छ त्यसैले कहिल्यै कसैलाइ अपमान नगर्नुस।
६. जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ । जसको समय खराब छ त्यसलाई साथ अवस्य दिनुस तर जसको नियत नै खराब छ त्योसित टाढै बस्नुहोस् ।
७. दुई वटा अनुहार मान्छेले कहिल्यै भुल्दैन एउटा मुश्किल मा साथ दिनेलाई अर्को मुश्किल मा साथ छोड्नेलाई।
८. अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।
९. दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।
१०. यदि तपाइलाई कोहि एक व्यक्तिसित गुनासो छ भने उसित कुरा गर्नुस, यदि तपाइलाई अधिकतर व्यक्तिसित सिकायत छ भने आफैसित कुरा गर्नुस।
११. सबैभन्दा स्थिर चिज आशा हो किनकि मानिसले सबै कुरा गुमाइसकेपछी पनि रहिरहन्छ ।
१२. जिन्दगीले एकैपटक नै सहि तर त्यस्तो व्यक्तिसित अवस्य मिलाउछ जसको साथमा हामी आफ्नो सुखदुख सब बाड्न सक्छौ ।
१३. समय सधै एकनास हुदैन पालोसबैको आउँछ ढिलो चाडो मात्र हो, आज अरुलाई रुवाउने मान्छे भोली आफै रुन्छ।
१४. हृदयमा साचो मानवता भएको मानिसले सधै यो सोच्छ कि, मैले भोगेको दुख अरुले भोग्न नपरोस् र मैले पाएको सुख सबैले प्राप्त गरुन। जस्को आखामा घमण्डको पर्दा हुन्छ न उसले अरुको गुन देख्छ न आफ्नो बैगुन नै देख्छ।
१५. एक सफल जिन्दगी भन्दा सन्तुष्ट जिन्दगी निकै राम्रो हो किनकी सफलता अरु मानिसले मानिदिएर भैदिन्छ तर सन्तुष्ट आफ्नै मन, मस्तिष्क र आत्माले हुने हो।