Homeअर्थराप्ती हाइड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण शेयर (आइपीओ) आज बिहान बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यायलमा आईपीओ बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २ लाख १७ हजार ६ सय ९४ जनाले मात्र १०–१० कित्ता दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://www.raptihydro.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रुपियाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता आइपीओ निष्काशन खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कूल २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि, ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरिएको थियो ।

आईपीओका लागि १५ लाख ३८ हजार ६ सय ८८ जनाले १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । कूल १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपियाँ बरारको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read