Homeअर्थराप्ति हाइड्रोको आईपीओ बाँडफाँड आज

राप्ति हाइड्रोको आईपीओ बाँडफाँड आज

राप्ति हाइड्रोपावरको प्रिअलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको शेयर बाँडफाँड आज विहान ९ बजे हुने कार्यतालिका रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार २९ गते निष्काशन गरेको उक्त शेयरमा १५ लाख ३८ हजार ६८८ जनाले १७ करोड २६ लाख ६५ हजार कित्ताको लागि आवेदन दिएको छन् । जुन माग भन्दा ७.९३ गुणा बढीको आवेदन हो ।

कम्पनीले कर्मचारीका लागि सर्वसाधारण समुहको शेयर मध्येबाट ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि आह्वान गरिएको थियो ।

राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहनिष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read