Homeसमाचारघरबाट भागेर आएका प्रेमी प्रेमिकालाई शरण दिने मन्दिर

घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई शरण दिने मन्दिर

प्रेमी प्रेमिकाहरुले आफ्नो प्रेम अभिवाभकले नस्वीकार्दा भागी विवाह गर्नुपर्ने बाध्यता हुन्छा। प्रेमी प्रेमिकाहरूले घरबाट भागेर मन्दिरमा गएर भागी बिहे गरेका घटना त थुप्रै हुन्छन् । तर छिमेकी मुलुक भारतमा एउटा यस्तो मन्दिर छ जहाँ घरबाट भागेर आएका प्रेमी प्रेमिकालाई अपनाउने मात्र होइन शरण नै दिइन्छ ।

भागेर आएमा प्रेम जोडीलाई यो मन्दिरमा स्वागत गरिन्छ । प्रेम विवाह जुनसुकै रुपमा भए पनि त्यसलाई अपनाउनु पर्दछ भन्ने त्यहाँको मान्यता छ ।

भारतको हिमाचल प्रदेशस्थित कूल्लुमा पर्ने शाँगढ गाउँमा उक्त मन्दिर रहेको छ । मन्दिरको नाम शंगचूल महादेव मन्दिर हो ।
यो मन्दिर करिब १२८ बिघा क्षेत्रमा फैलिएको छ र निकै सुन्दर छ । यो मन्दिरमा चर्को आवाजले बोल्न पनि पाइँदैन ।

घरबाट भागेर आउने प्रेम जोडीहरू महादेवको शरणमा आएको मान्यता अनुसार त्यहाँ स्वागत गरी बस्न दिइन्छ । त्यस क्रममा जातजाति तथा समुदायगत रुपमा विभेद गरिंदैन । बसोबास मात्र नभई खानपिनको पनि बन्दोबस्त त्यहाँ हुन्छ । प्रेम जोडीको भगवान स्वयंले रक्षा गर्ने मान्यता त्यहाँको छ ।

घरबाट भागेका प्रेम जोडीको घर परिवारमा कुरा मिलेर उनीहरूको बिहेलाई स्वीकार नगरिएसम्म जोडीलाई मन्दिरमै बस्ने व्यवस्था मिलाइन्छ । कुरा मिलिसकेपछि मात्र उनीहरूको बिदाइ गरेर सँगै घर पठाइन्छ ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read