अभिनय क्षेत्रमा केहि नयाँ गरिरहन रुचाउने मौसम सापकोटाले बुलाकीको कथा ‘द ब्लाक रोज ‘ युट्युब च्यानल ‘द एट एट फोर एट ‘ बाट रिलिज गरेका छन्। नमस्ते रेस्टुरेण्ट, आस्फ़िल्ड अस्ट्रेलियामा भव्यब्यताका साथ च्यारिटि प्रिमियर सो सम्पन्न भए संगै फिल्म युट्युबमा रिलिज गरिएको हो।
१४ मिनेटको आर्ट फिल्ममा मौसम सापकोटाकै कथा रहेको छ भने बिशाल अधिकारीको निर्देशन रहेको छ। भिडियोमा मौसम सापकोटा संगै रेमन सुवेदीको अभिनय रहेको ।
भिडियोलाई बिशाल अधिकारी , रेमन सुबेदी , मौसम सापकोटा र सुजन शर्माले खिचेका छन। भिडियोको सम्पादन पनि मौसमले नै गरेका छन् भने संगीत आयान शर्माले दिएका छन्।
ब्ल्याक रोज दुई मुटु दुई प्रेमी रघु र गङ्गाको प्रेम कथामा आधारित रहेर बनाईएको आर्ट फिल्म हो। फिल्म मोबाईल आईफ़ोन बाटै खिचिएको तथा सम्पादन गरिएको हो। सिमित स्रोत र साधनमा पनि उत्कृष्ठ कथावस्तु तथा भिडियो प्रस्तुती देखिएको छ।
मौसमले यसभन्दा अघि पनि १२:४३ , दफा १७७, लगाएतका थुप्रै सर्ट फिल्म ल्याईएसकेका छन्। मोनो एक्ट गर्न रुचाउने मौसम लामो समय देखि संघर्षरत कलाकार हुन्।