Homeसमाचारयी हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला !

यी हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला !

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित भएकी छन्। भर्खरै विज्ञानका एक अध्ययनका अनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला घोषित भएकी हुन् ।

पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ ।

एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार हर्डको रेसियो १.६१८ निस्कियो ।

यसअघि पनि सन् २०१६ मा हर्डको तस्वीरलाई लिएर परीक्षण भएका थिए भने हार्ले स्ट्रिका चिकित्सक जुलियन डी सिल्भाले उनको गोल्डेन रेसियो ९१.८५ प्रतिशत रहेको उल्लेख गरेका थिए ।

एक जर्नलसँग कुरा गर्दै डा. डी सिल्भाले नयाँ कम्प्युटर म्यापिङ प्रविधि स्थापित भएपछि र अनुहारमा मुख्य मार्कर बिन्दुहरूका लागि एल्गोरिदम सिर्जना गरिएपछि उनले विश्वका केही सुन्दर महिलाहरूमा यो प्रणाली परीक्षण गर्ने निर्णय गरेको बताए ।

‘ग्रीकहरूले पत्ता लगाए कि यो अनुपात प्रकृतिमा जताततै हुन्छ र हजारौं वर्षदेखि यो संसारको सबैभन्दा सुन्दर अनुहारहरूको गोप्य सूत्र हो भन्ने सोचाइ रहेको छ,’ उनलाई यूएस विक्लीमा उद्धृत गरिएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read