Homeसमाचारअभिनेत्री दिया मास्केले सार्वजनिक गरिन् बाल्यकालमा खेपेको यौन दुर्व्यवहार

अभिनेत्री दिया मास्केले सार्वजनिक गरिन् बाल्यकालमा खेपेको यौन दुर्व्यवहार

पछिल्लो समय यौन दुर्व्यवहारबारे धेरै घटना सार्वजनिक भैरहेका छन्। सामान्य देखि सेलिब्रेटिहरु नै यौन दुर्व्यवहार खेपेका भोगाईहरु बताईरहेका छन् ।

हालै बोल्ड अभिनेत्रीले एक अन्तरवार्तामा आफ्ना केही व्यक्तिगत भोगाइहरूबारे खुलेर कुरा गरेकी छन् । आफूले बाल्यकालमा भोग्नुपरेका यौन दुर्व्यवहारका घटना सार्वजनिक गरेकी छन् ।

दियाका अनुसार उनीमाथि ८ वर्षकै कलिलो उमेरमा यौन दुर्व्यवहार भएको थियो । जति बेला उनी चलचित्र ‘दुई थोपा आँसु’ को चर्चित गीत ‘जून त लग्यो ताराले…’ को सुटिङमा थिएन । सुटिङपछि गाडीमा चढेका बेला आफूलाई सो गाडीको ड्राइभरले दुर्व्यवहार गरेको उनले बताइन् ।

उनी भन्छिन:

‘म ८ वर्षको हुँदा ‘जून त लग्यो ताराले’ बोलको गीतमा बच्चाहरूको ग्रुपमा नाचेको थिएँ । सबै जना साना साना थिए । सबैभन्दा ठूलै म थिएँ होला । त्यस दिन हामी सुटिङपछि थाकेर बसमा सुतिरहेका थियौँ । बच्चाहरू एकमाथि अर्को खप्टेर सुतिरहेका थिए । सबैभन्दा माथि म थिएँ ।

हामी यति साना बच्चा थियौँ कि कसैको पिरियड पनि भएको थिएन । रातको समय थियो । सुतिरहेका बेला मलाई अलिकति असजिलो फिल भयो र आँखा खुल्यो । आँखा खुल्यो । यसो हेर्दा त बसको ड्राइभरले मेरो ब्रेस्ट मज्जाले उ… गरिरहेको रहेछ । अब त्यो बच्चालाई के रमाइलो भयो होला ? कम्तीमा ३० वर्षको होला त्यो मान्छे । तर मैले केही पनि भन्न सकिनँ । डर लाग्यो । म सुतेको अभिनय गरेर यत्तिकै छोडिदिएँ । आखिर आठ वर्षको बच्चाले के गर्न सक्छ ?’

दियाले आफूलाई स्कुलको शिक्षकले पनि ह्यारेसमेन्ट गरेको बताइन् । १४ वर्षको उमेरमा सो घटना भएको थियो ।

उनले भनिन्, ‘फिल्ममा मात्र होइन, मैले स्कुलमा पनि ह्यारेसमेन्टको सामना गरेको छु । एक जना टिचरले भन्नुभयो, तँ मलाई किस गर म तँलाई पास गराइदिन्छु । उहाँ म्याथ टिचर हुनुहुन्थ्यो । सिरियसली सर, यदि अहिले मैले तपाईँलाई भेटेँ भने यत्तिकै छोड्ने छैन । एक झापड चाहिँ लगाउँछु । त्यस बेला किन विरोध गरिनँ भनेर अहिले आफैँसँग रिस उठ्छ ।’

संसारमा यौन दुर्व्यवहारको पिडा नभोगेका केटी मान्छे कोही पनि हुन नसक्ने दियाको भनाइ छ । चाहे १० वर्ष वा २० वर्षपछि भए पनि घटना सार्वजनिक गर्न हिच्किचाउन नहुने उनले बताइन् ।

‘सानो उमेरमा कन्फिडेन्स हुँदैन । तर बुझ्ने भएपछि यसलाई बाहिर ल्याउनै पर्छ,’ उनले भनिन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read