Homeअनौठो कुराबाख्राको पाठाको अनौठो विश्व कीर्तिमान !

बाख्राको पाठाको अनौठो विश्व कीर्तिमान !

पाकिस्तानको कराँचीमा रहेको एउटा बाख्राको पाठोले विश्व कीर्तिमान कायम गरेको छ ।

विश्वको सबैभन्दा लामो कान भएको बाख्राको रुपमा उक्त पाठोले रेकर्ड कायम गरेको हो ।

उक्त पाठोका कान अस्वभाविक रुपमा लामा छन् र कानका लोतीको लम्बाई कूल ४६ सेन्टिमिटर छ । उक्त पाठोको नाम सिम्बा हो । सिम्बा हिँडिरहँदा उसका कान भुइँसम्मै लत्रिरहेका हुन्छन् ।

उक्त पाठो नुबियन नश्लको बाख्रा हो । उक्त नश्लका बाख्राहरुमा लामो कान हुने गर्दछ ।

जीव वैज्ञानिकहरुका अनुसार बाख्रामा लामो कान हुनु जैविक रुपले निकै फाइदाजनक हुन्छ । यसले बाख्रालाई गर्मी याममा शरीरलाई शितल राख्न मद्दत गर्दछ ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read