Homeसमाचारआज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावाना, यी ठाउँहरुमा सतर्क रहन आग्रह

आज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावाना, यी ठाउँहरुमा सतर्क रहन आग्रह

काठमाण्डौ उपत्यकासहित आसपासमा क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ।

विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ ।

आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रदेश-१ को एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाे छ । बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

सप्तरी र आसपासका क्षेत्रमा डुबानको सम्भावना रहेकाले सतर्क हुन आग्रह पनि गरिएको छ ।

सप्तरीको बरमजिया, फत्तेपुरलगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले माउली, खाडो, त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्क रहन विभागले आग्रह गरेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read