Homeसमाचारमर्मत पछि काठमाडौं महानगरमा सञ्चालनमा आयो ५ ब्रुमर, भोलि थप ४ वटा...

मर्मत पछि काठमाडौं महानगरमा सञ्चालनमा आयो ५ ब्रुमर, भोलि थप ४ वटा प्रयोगमा ल्याइने

काठमाडौं महानगरपालिकामा आज (बुधवार)देखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन् ।

सानातिना मर्मत लगायतका काम गरेर ५ वटा ब्रुमर आजदेखि सञ्चालनमा ल्याइएको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।

उनका अनुसार भोलि (बिहीवार)देखि ४ वटा ब्रुमरहरू पनि सञ्चालनमा आउनेछन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्,‘आजदेखि ५ वटा ब्रुमरले काठमाण्डौँ सफाइ गर्न थालेका छन् । भोलिदेखि ४ वटा ब्रुमरहरू पनि थपिएर ९ वटा ब्रुमरहरूले नियमित सफा गर्नेछन् ।’

सानातिना मर्मत लगायतका कामहरू पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरूको मर्मत भएर काम शुरू हुन थालेको उनले जनाएका छन् ।

उनले लेखेका छन्,‘वर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाण्डौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read