Homeमनोरञ्जनमेहन्दीमा यस्तो देखिइन् इन्दिरा जोशी, हेर्नुहोस् तस्बिरहरू

मेहन्दीमा यस्तो देखिइन् इन्दिरा जोशी, हेर्नुहोस् तस्बिरहरू

गायिका इन्दिरा जोशीले मंगलबार (भोलि) विवाह गर्दैछिन्। फेसन डिजाइनर शरद केडियासँग उनी विवाह सम्बन्धमा जोडिन लागेकी हुन्।

विवाहको तयारीमा रहेकी इन्दिराले केही दिनअघि आफ्नो मेहन्दी परम्परा पूरा गरेकी छिन्। उनले आफ्नै घरमा मेहन्दी परम्परा गरेकी हुन्।

इन्दिराले सामाजिक सञ्जालमार्फत् मेहन्दीका तस्बिरहरू सार्वजनिक गरेकी छिन्। यी तस्बिरमा इन्दिरा गुलाबी रंगको सारीमा देखिन्छिन्। सँगै उनका आफन्तहरूको उपस्थिति देखिन्छ।

जोशीले इन्स्ट्राग्राममार्फत् बिवाह गर्न लागेको जानकारी गराएकी छिन्। इन्स्ट्राग्राममा बिवाहको मिति तोकिएको कार्डपनि सार्वजनिक गरेकी छिन्।

तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गतवर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए। र नाम्चेमै इन्दिराले बिहेको प्रस्ताव समेत स्वीकारेकि थिइन्। इन्दिरालाई शरदले प्रपोज गरेको भिडियो निकै चर्चित समेत भएको थियो।

उनका प्रेमी शरदले हेलिकप्टर नै लगेर नाम्चे पुगेका थिए।।

हेर्नुहोस् इन्दिराको मेहन्दीका तस्बिरहरू :

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read