Homeसमाचारमुद्दा लड्न पैसा नउठाएको पल शाहकी बहिनीको स्पष्टीकरण

मुद्दा लड्न पैसा नउठाएको पल शाहकी बहिनीको स्पष्टीकरण

विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नको लागि भनेर मोटो रकम असुल गरिएको भन्ने सन्देश प्रवाह भएपछि पल शाहकी बहिनि रोशनी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि आर्थिक सहयोग नमागेको बताएकी छिन्।

नाबालिग गायिकाको बलात्कारको आरोपमा ४ महिना देखी पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि आर्थिक सहयोग नमागेको बताएकी हुन् ।

रोशनीले पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको दाबी गरेकी छिन्। अरु कसैले उठाइरहेको खबर आफूले पनि थाहा पाएकाले त्यसो नगरिदिज पनि उनले आग्रह गरेकी छिन्।

उनले लेखेकी छन्, ‘केही युट्युब च्यानल र सञ्जालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकोले उक्त खबरले हाम्रो ध्यानाकर्षण गराएको छ । पल शाह न्यायिक हिरासतमा बसे देखी अहिले सम्म परिवारका सदस्य कसैले पनि कसैबाट आर्थिक साहयता लिएका छैनौँ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौँ ।’

उनले पल शाहको नाममा पैसा नउठाउन पनि सबैलाई आग्रह गरेकी छन् ।

उनले आफूहरुले कानूनी राज्यमा विश्वास गर्ने भन्दै कानूनको संरक्षण पाउँनेमा विश्वस्त रहेको समेत बताएकी छिन्।

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read