Homeसमाचारपल शाहको मुद्दामा अदालतको यस्तो आयो आदेश

पल शाहको मुद्दामा अदालतको यस्तो आयो आदेश

उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न राख्न आदेश दिएको छ ।

न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । यसअघि आजै दुवै पक्षका कानुन व्यावसायीले बहस गरेका थिए ।

उच्च अदालतमा पलको तर्फबाट कानुन व्यावसायी कमलामोहन वाग्ले, जगदीशचन्द्र पान्डे र मिलनध्वज शाहले बहस गरेका थिए । विपक्षमा सरकारी कानुन व्यावसायी सहन्यायाधिवक्ता इश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

यसअघि उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत तनहुँको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए ।

१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा गएका थिए । फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । पलविरुद्धको उजुरीपछि सात दिन, १२ दिन, चार दिन र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गरेको थियो । चैत १० मा जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा किशोरीका तर्फबाट बकपत्रका क्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।

अदालतसमक्ष उनले बकपत्र दिँदा पलले आफूमाथि बलात्कार नगरेको र अरूको उक्साहटमा जाहेरी दिएको बताएकी थिइन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read