Homeसमाचारम्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भनेको छ ।

‘म्युजिक नेपाल’ नाम रहेको युट्युब च्यानल ह्याकरले नियन्त्रणमा लिएर ‘टेस्ला लाइभ’ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम भने अझैं परिवर्तन भएको छैन । यो च्यानल नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल समेत हो ।

ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए ।

अघिल्लोपटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए । यसपटक चाहिं नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read