Homeमनोरञ्जनमिरुना मगर भन्छिन, "कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन"

मिरुना मगर भन्छिन, “कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन”

नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध नएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् ।

कबड्डी- ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । तामाङले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर उनीहरुबीच मिलापत्र भइसकेको छ ।

उनीहरुबीचत मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । सोही विषयलाई नायिका मगरले स्पष्ट पार्दै आफूले धर्मको विरुद्ध नभइ दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन् ।

उनले अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास व्यक्त गरेकी छन् । उनले लेखेकी छन्- ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read